Minna no Nihongo - Lesson 32 Grammar

Minna no Nihongo - Lesson 32 Grammar

1. ~ほうがいいです (राम्रो हुन्छ/ठिक हुन्छ)

यो संरचना सल्लाह(suggestion) दिदा प्रयोग गरिन्छ।

Structure:

  • verb को た form + ほうがいいです。
  • verb को ない-form + ほうがいいです。

example:

i. もっとれんしゅうしたほうがいいです。
(अझै अभ्यास गर्दा राम्रो हुन्छ।)

ii. はやくねたほうがいいですよ。
(छिटो सुत्दा राम्रो हुन्छ।)

iii. たばこをすわないほうがいいです。
(चुरोट नाखादा राम्रो हुन्छ।)

2. ~でしょう (होला /होला है )

यो संरचना भविष्यको अनुमान वा सम्भावना जनाउन प्रयोग गरिन्छ।

यो pattern ले 90% sure सम्भावना देखाउछ।

Structure :

  • verb को (root / ない) form + でしょう
  • い adj/な adj/ noun + でしょう
    ******************Note******************
    ( い adj/な adj/ noun मा आउने です लाई でしょう मा change गर्ने।)

example :

i. あしたはあめがふるでしょう。
(भोलि पानी पर्छ होला।)

ii. かれはくるでしょう。
(उ आउछ होला।

iii. このしけんはむずかしいでしょう。
(यो परीक्षा गाह्रो छ होला।)

3. ~かもしれません (हुन पनि सक्छ /गर्नु पनि सक्छ)

यो संरचना कुनै कुराको सम्भावना भए पनि निश्चित नभएको अवस्थामा प्रयोग गरिन्छ।

यसले でしょう भन्दा अलिक कम सम्भावना देखाउछ (50/50) जस्तो हुन्छ।"अलिक भर नहुने " , "हुन पनि सक्छ " जस्तो अर्थ दिन्छ।

Structure:

  • verb को (root / ない) form + かもしれません。
  • い adj/な adj/ noun + かもしれません
    ******************Note******************
    ( い adj/な adj/ noun मा आउने です लाई かもしれません मा change गर्ने।)

example:

かれはこないかもしれません。
(उ नआउन पनि सक्छन्।)

あしたはさむいかもしれません。
(भोलि जाडो हुन पनि सक्छ।)

そのはなしはほんとうかもしれません。
(त्यो कुरा साँचो हुन पनि सक्छ।)