Minna no Nihongo - Lesson 30 Grammar

1. V て-रूप + あります......एको छ। -(सम्पन्न कार्यको अवस्था)

यो संरचना तब प्रयोग हुन्छ जब कुनै कार्य पहिले नै सम्पन्न भइसकेको छ र त्यसको अवस्था दर्शाउनु पर्छ।

どあがあけてあります。
(ढोका खोलिएको छ, कसैले पहिले नै खोलेको छ।)
へやがそうじしてあります。
(कोठा सफा गरिएको छ।)
ごはんがよういしてあります。
(खाना तयार पारिएको छ।)

2. V て-रूप + おきます..........एर राख्छु। -(भविष्यको तयारी)

यो संरचना भविष्यका लागि तयारी गर्न प्रयोग गरिन्छ। कुनै कार्य पहिले नै गरिन्छ ताकि पछि कुनै असुविधा नहोस्।

あしたのために、じゅんびしておきます。
(भोलिको लागि तयारी गरेर राख्छु।)
かいぎのまえに、しりょうをコピーしておきます।
(मिटिङ अघि, कागजातहरू छापेर राख्छु।)
りょこうのために、チケットをよやくしておきます。
(यात्राको लागि, टिकट पहिल्यै बुक गर्छु।)
ばんごはんのために、やさいをきっておきます。
(बेलुकी खानाको लागि, तरकारी काटेर राख्छु।)